सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

डिसी नेपाल
२७ कार्तिक २०८१ १६:२९
52
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को टीम सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। सुदूरपश्चिम रोयल्सले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पहेलो रंगको जर्सी सार्वजनिक गरेको हो।

कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट र टीमका सञ्चालकले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए। कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिगका लागि टीमहरुले गरेको तयारी उत्साहपूर्ण रहेको बताए। उनले नेपाल प्रिमियर लिगले नेपालको क्रिकेटलाई धेरै माथि उठाउने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ। सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा अनुबन्धित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *