उद्योगमा काटिएको विद्युत जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

डिसी नेपाल
२७ कार्तिक २०८१ १७:५४
120
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) ले उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवम् ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो। ‘१५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ,’ मन्त्री खड्काले भने।

उनले प्राधिकरणले विद्युत् प्रयोग गरेवापत बिल दिनुपर्ने र व्यवसायीले सोअनुसार रकम तिर्नुपर्ने बताए। ‘बिल दिन सकेन भने प्राधिकरणका कर्मचारीमाथि कारबाही हुन्छ, तिर्नुपर्ने पैसा तिरेन भने व्यवसायीमाथि कारबाही हुन्छ,’ मन्त्री खड्काको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *