गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा फिल्म बन्ने

डिसी नेपाल
१ मंसिर २०८१ ६:४८
44
Shares

काठमाडौं। कथाकार गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथामा आधारित भएर फिल्म निर्माण हुने भएको छ।

मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसाद मैनालीले निर्माता सुशील पोखरेलको कम्पनी हरिओम सिने मेकर्सलाई ‘कथाको भाव र मर्म नबिग्रने गरी’ फिल्म निर्माणका लागि मञ्जुरी दिएका छन्।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गरिने जनाइएको छ। आगामी फागुनदेखि फिल्मको छायांकनमा सुरु हुनेछ।

यसअघि ‘परालको आगो’ कथामा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए। यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाइ छ।

‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। यो कथाकार मैनालीको सर्वश्रेष्ठ कथा हो। फिल्ममा सुशील देवकोटा लेखन, सुरेन्द्र रानाको शब्द रचना, सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ। यस फिल्ममा कलाकार को हुने भन्ने निश्चित नभएको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *