राफेल नाडालको टेनिसबाट बिदाई
काठमाडौं। स्पेनका स्टार टेनिस खेलाडी राफेल नाडालले टेनिसलाई बिदाइ गर्ने भएका छन्।
पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छ। डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ बर्षीय नाडालले यो आफ्नो अन्तिम खेल भएको बताएका हुन्।
२२ ग्राण्ड सलाम जितेका नाडालले खेलपछि आफुले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका छन्।
नाडालले टेनिसमा उनका प्रतिद्वन्द्वी नोभाक जोकोभिकपछि दोस्रो धेरै ग्राण्ड सलाम जितेका छन्। उनले फ्रेन्च ओपनको उपाधि रेकर्ड १४ पटक जितेका छन्। त्यस्तै उनले चार पटक युएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन २-२ पटक जितेका छन्। त्यस्तै उनले ओलापिकमा सिंगल र डबल स्वर्ण पटक समेत जितेका छन्।
सन्यास अघि वर्षौंसम्म नाडालविरुद्ध खेलेका रोजर फेडेररले उनको लागि भावनात्मक सन्देश दिएका छन्। नाडालका साथी तथा प्रतिद्वन्द्वी फेडेररले नाडालले आफूलाई टेनिसमा थप रमाइलो बनाएको बताएका छन्।
४० खेल र १५ वर्षसम्म चलेको यी दुईबीचको प्रतिद्वन्द्वी टेनिस फ्यानका लागि आकर्षणको केन्द्र बनेको फेडेररले बताएका छन्। फेडेररले सामाजिक सञ्जालमा नाडाललाई भावुक सन्देशमा लेखेका छन्, ‘तिमीले टेनिसबाट ग्रेजुएट हुने तयारी गरिरहँदा म धेरै भावुक हुनुभन्दा पहिले केही कुरा साझा गर्न चाहन्छु। अरू कसैले मलाई चुनौती दिएको भन्दा धेरै पटक तपाईंले मलाई हराएका छौं । क्ले कोर्टमा जब म तिम्रो विरुद्ध खेल्थे, मलाई तिम्रो घरको आँगनमा खेलेको जस्तो लाग्थ्यो। तिमीले मलाई यहाँ सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने बनायौं। तिमिईसँग कस्तो अचम्मको कीर्तिमान छ, १४ फ्रेन्च ओपन उपाधि ऐतिहासिक छ । तिमीले स्पेन र टेनिसको सम्पूर्ण विश्वलाई गौरवान्वित बनाएका छौं।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment