जुत्ताको सोलमा दुई किलो सुन लुकाएर ल्याएपछि…

डिसी नेपाल
७ मंसिर २०८१ १२:१६
100
Shares

काठमाडौं । जुत्ताको सोलमा लुकाएर ल्याएको दुई किलो सुनसहित प्रहरीले रसुवाबाट एक जनालाई पक्राउ गरेको छ। कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित कर्मा सोनाम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय लामालाई बिहीबार साँझ सुनसहित पक्राउ गरेको हो।

बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकलमा आएका लामालाई जाँचका क्रममा सुन फेला परेको अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *