धूमपान नगर्ने फोक्सो क्यान्सरले जलायो, कसरी जोगिने?
काठमाडौं । ‘मैले पूरै जीवनमा कहिले पनि धूमपान गरिन। मेरो साथीले ४० वर्षदेखि धूमपान गरिरहेको छ। तर, फोक्सोको क्यान्सर मलाई भो। कसरी?’
यो प्रश्न बिरामीले डाक्टर अन्बरीश चटर्सीसँग सोधिरहेका हुन्छ। डाक्टर चटर्जी भारतको अपोलो अस्पतालमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छन्।
‘धूमपानलाई नै फोक्सोको क्यान्सरका लागि सबैभन्दा जिम्मेवार मानिन्छ। फोक्सोको क्यान्सरबाट ग्रसित ८० प्रतिशत बिरामीमा धूमपानको लत पाइन्छ,’ उनी भन्छन्, ‘अन्य २० प्रतिशत बिरामी धूमपान सेवन नगर्ने भएर पनि फोक्सोको क्यान्सरबाट ग्रसित भएको पाइएको छ।’
धूमपान नगर्ने, अधिक प्रदूषणयुक्त क्षेत्रमा नबस्ने र कुनै खानीमा काम नगर्ने मानिसमा पनि क्यान्सरको जोखिम पाइने गरेको उनको भनाइ छ। फोक्सो मानिसको श्वासप्रश्वासका लागि अतिआवश्यक अंग हो।
यसले मानव शरीरमा फिल्टर्सको रूपमा काम गरिरहेको हुन्छ। हामीले श्वास लिँदा हावासँगै केही ग्यास जस्तै: नाइट्रोजन, कार्बन डाइअक्साइड र अक्सिजन हाम्रो फोक्सोमा गइरहेको हुन्छ। फोक्सोले यी ग्यासमध्ये अक्सिजनलाई फिल्टर गर्दै शरीरमा पुर्याउने गर्छ। अन्य बाँकी ग्यासलाई बाहिर निकालिदिन्छ।
फोक्सोका कोशिकाले लगातार काम गरिरहेका हुन्छ। कहिले ती कोशिका क्षतिग्रस्त हुँदा पनि बिस्तारै आफैँ ठिक हुँदै जान्छन्।
धूमपानको माध्यमबाट मानिसको फोक्सोमा हजारौं घातक रसायन पुग्छन्। यीमध्यै थुप्रै रसायन क्यान्सरको कारण बन्दछन्।
‘तर, मानव शरीरको सामना बाहिरी रसायन धूमपानसँग हुँदा फोक्सोमा रहेका कोशिका नष्ट हुँदै जान्छन्। लामो समय धूमपान गर्दा वा धूमपान गर्ने व्यक्तिको नजिक रहँदा फोक्सोका कोशिका नष्ट हुँदै जान्छन्। यससँगै कोशिकामा आफैँ ठिक हुने सिस्टम फेरिन पुग्छ। यससँगै कोशिका घातक सेल्स बनाउन थाल्छन्। यी सेल्सले हाम्रो श्वास लिने प्रक्रियालाई प्रभावित गरिदिन्छन्,’ उनी भन्छन्।
धूमपानको माध्यमबाट मानिसको फोक्सोमा हजारौं घातक रसायन पुग्छन्। यीमध्यै थुप्रै रसायन क्यान्सरको कारण बन्दछन्। धूमपान मात्र नभएर सुर्तीजन्य पदार्थ पनि क्यान्सरको जोखिमका कारण हुन्।
धूमपान गर्नेलाई मात्र नभई नजिकै उभिनेलाई समेत क्यान्सरको जोखिम हुने ब्रिटेनका क्यान्सर रिसर्च प्रमुख चिकित्सक चार्ल्स स्वेन्टोन बताउँछन्।
ट्राफिक जाम, उद्योगबाट निस्कने रासायनिक फोहोर, जथाभाबी फोहोर जलाउनुले पनि क्यान्सरको जोखिम बढाउँछ। एम्स दिल्लीका क्यान्सर विशेषज्ञ प्रोफेसर डाक्टर एवीएस देव पनि धूमपानका साथै वायु प्रदूषण पनि क्यान्सर जोखिमको कारण भएको बताउँछन्।
यसका अलावा जेनेटिक्स पनि क्यान्सरको कारण हुन्छ। डाक्टर चटर्जी जेनेटिक्स कारणले गर्दा धूमपान नगर्ने पनि फोक्सोको क्यान्सर देखिने गरेको बताउँछन्।
फोक्सोको क्यान्सरबाट मृत्यु हुनेको संख्या पनि वार्षिक १७ लाख ९६ हजार १४४ हाराहारीमा रहँदै आएको छ। यो क्यान्सरबाट हुने मृत्युको १८ प्रतिशत हो।
कफ आइरहनु, टाउको दुख्नु, श्वास रोकिए जस्तो हुनु, रगत पात्लो हुनु, थकाइ लाग्नु, कुनै कारण बीनै तौल घट्नु, पटक-पटक फोक्सोको संक्रमण हुनु फोक्सोको क्यान्सरका लक्षण हुन्। यस्ता लक्षण देखिएमा सामान्य रूपमा लिनु हुँदैन। चिकित्सकलाई देखाइहाल्नुपर्छ।
फोक्सो अहम् अंग भएकाले निकै क्षतिग्रस्त नहुँदासम्म कुनै लक्षण नदेखिन सक्ने सम्भावना रहने हुँदा बेला-बेला स्वास्थ्य जाँच गर्नुपर्ने चिकित्सकको सुझाव छ।
लेन्सेटको रिसर्च जर्नलमा प्रकाशित एक अध्ययनले २०२० सम्म फोक्सोको क्यान्सर विश्वमा दोस्रो घातक बिरामीको सूचिमा समाविष्ट रहेको देखाएको छ। प्रत्येक वर्ष २२ लाख ६ हजार ७७१ नयाँ फोक्सोका क्यान्सर पीडित थपिने गरेका छन्। यो सबै प्रकारका क्यान्सर पीडितमध्ये ११.६ प्रतिशत हो।
फोक्सोको क्यान्सरबाट मृत्यु हुनेको संख्या पनि वार्षिक १७ लाख ९६ हजार १४४ हाराहारीमा रहँदै आएको छ। यो क्यान्सरबाट हुने मृत्युको १८ प्रतिशत हो।
स्वास्थ्यकर्मी फोक्सोको क्यान्सरबाट जोगिन धूमपान र सुर्तीजन्य पदार्थको सेवन नगर्न सुझाव दिन्छन्। युनाइटेड स्टेट्स सेन्टर फर डिसिज कन्ट्रोल धूमपानयुक्त स्थानबाट टाढा रहन, वायु प्रदूषणयुक्त क्षेत्रमा सतर्कता अपनाउन, रसायन उत्सर्जनयुक्त क्षेत्रबाट टाढा रहन सुझाव दिन्छ। यी र यस्ता कुरामा ध्यान दिँदा फोक्सोको क्यान्सरबाट जोगिन सकिने चिकित्सकको सुझाव छ। – बीबीसीबाट अनुवादित सामग्री
No ads found for this position


डिसी नेपाल
Facebook Comment