रामेछाप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत, एकको परिचय खुलेन
काठमाडौं। रामेछापको गोकुलगंगा गाउँपालिका–६ स्थित सिम्लेभिरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ।
काठमाडौंबाट रस्नालुतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स जिप दुर्घटनामा ज्यान गुमाउनेमा गोकुलगंगा गाउँपालिका–४ का अध्यक्ष रामचन्द्र बस्नेत, रामेछाप घर भएकी कविता कार्की खड्का, स्वस्तिका खड्का र चालक ३५ वर्षीय हिरा बहादुर कार्की छन्। कविता र स्वस्तिका आमा छोरी हुन्।
एक महिलाको पहिचान अझैँ खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment