डोनाल्ड ट्रम्पले अर्का सम्धीलाई अरब र मध्य पूर्व मामिलामा राष्ट्रपतिको सल्लाहकार बनाए

डिसी नेपाल
१७ मंसिर २०८१ १५:४१
392
Shares

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र मध्य पूर्व मामिलाका लागि राष्ट्रपतिको वरिष्ठ सल्लाहकार पदका लागि मसाद बुलोसलाई चयन गरेका छन् ।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यस पोस्टका लागि बुलोसलाई चयन गर्ने जानकारी दिएका छन्।

लेबनानी मूलका अमेरिकी नागरिक मसाद बुलोस ट्रम्पकी छोरी टिफानी ट्रम्पका पति माइकलका पिता हुन्। ट्रम्पको चुनावी अभियानमा उनले अरब अमेरिकी र मुस्लिम नेताहरूसँग बारम्बार भेट गरे।

ट्रम्पले बुलोसको बारेमा लेखे, “उनी एक सक्षम वकिल र व्यवसायी पनि हुन्। उनी लामो समयदेखि रिपब्लिकन मूल्यमान्यताका समर्थक हुन्। उनले अरब अमेरिकी समुदायसँग ठूलो नयाँ सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।”

समाचार एजेन्सी रोयटर्सका अनुसार मसाद बुलोसका लेबनान र अमेरिका दुबैमा बलियो जराहरू छन्। मसादका बुबा र हजुरबुबा लेबनानी राजनीतिमा सक्रिय थिए।

यसअघि डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सको राजदूतमा नियुक्त गरेका थिए । चार्ल्स कुशनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुशनरका पिता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *