कीर्तिपुरकाे मेयरमा कांग्रेसका डंगोल विजयी
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका हुन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन्।
त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निवार्चन आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment