पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाच कार्यतालिका सार्वजनिक भएको छ। महासंघले आज मंसिर २८ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र मतदान २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने महासंघले जनाएको छ।
प्रदेश समितिको मनोनयन मंसिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई महासंघले अनुरोध गरेको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment