धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कावा प्रधानमन्त्री सिंह
रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन्।
उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढिमाई मेला महोत्सवलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पूर्खाको ठूलो योगदान रहेको सिंहको भनाइ छ। आफ्नो धर्म, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ। विगतमा हाम्रा पूर्खाले मिलिजुली समाजमा राम्रो वातावरण बनाउनुभयो। आउने दिनमा पनि पूर्खाले देखाएको बाटोलाई अनुसरण गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो आस्था, धर्म, संस्कृति अनुसार पूजापाठ, जात्रा, महोत्सव गर्न सक्ने माहोललाई जोगाएर अघि बढ्नुपर्छ।’ उनले गढिमाई मेला महोत्सवको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन्।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको बताउँदै उनले विग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको धारणा राखे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment