कञ्चनपुरमा हाइस दुर्घटना, ८ जना घाइते

डिसी नेपाल
१८ मंसिर २०८१ १८:४३
120
Shares

धनगढी । कञ्चनपुरमा इलेक्ट्रिक हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियामा इलेक्ट्रिक हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका हुन्।

घाइतेमध्ये चार जनाको गुलरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। थप चार जनालाई थप उपचारका लागि कैलालीको धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ तीव्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाइस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *