बेपत्ता भएको १२ दिनपछि ७६ वर्षीय वृद्ध मृत फेला

डिसी नेपाल
१९ मंसिर २०८१ १७:३८
96
Shares

पर्वत । बेपत्ता भएको १२ दिनपछि कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मृत फेला परेका छन्। मोदी गाउँपालिका–३ देउरालीको घैटे जंगलमा आज विहान विकको शव फेला परेको हो।

विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए। मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए।

परिवारजन, आफन्त र प्रहरीले खोजतलास गरे पनि उनको पत्ता लाग्न सकेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *