विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति

डिसी नेपाल
२० मंसिर २०८१ १७:५२
64
Shares

काठमाडौं। नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ। पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन्।

विज्ञापन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ र विभागका प्रमुख डा. कुन्दन अर्यालबीच सोसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विद्यार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो। शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ।

सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गर्दै छात्रवृत्ति विद्यार्थीलाई उपयोगी हुने बताए।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विद्यार्थीहरू आकर्षित हुने अपेक्षा गरिएको बताए। सहमतिले त्रिभुवन विश्वविद्यालय र बोर्डबीच समझदारी बढ्ने समेत उनीहरूले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *