इजरायलले प्यालेस्टिनीहरूको ‘नरसंहार’ गरेको एम्नेस्टी इन्टरनेशनलको आरोप

डिसी नेपाल
२१ मंसिर २०८१ १२:२४
48
Shares

काठमाडौं । मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । यस प्रतिवेदनमा संगठनले इजरायलले गाजा युद्धमा प्यालेस्टिनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाएको छ।

तर, इजरायलले बारम्बार यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। गाजामा हालै इजरायली आक्रमणमा परी कम्तीमा ४७ प्यालेस्टाइनीको मृत्यु भएको स्थानीय चिकित्सा अधिकारीहरूले बताएका छन्।

एम्नेस्टीले इजरायलको सैन्य कारबाही र यसका नीतिहरूको संचयी प्रभावलाई विचार गरेको र इजरायलले गाजामा नरसंहारको कानुनी सीमा पार गरेको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा भनिएको छ, “प्यालेस्टिनीहरूले कुपोषण र रोगको साथसाथै सामूहिक विनाशको सामना गरिरहेका छन्।”

इजरायलको सेनाले भनेको छ, “नयाँ प्रतिवेदनमा प्रस्तुत गरिएका दाबीहरू पूर्णतया आधारहीन छन्।”

इजरायलले भन्यो “हामीले अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दछौं र गाजामा युद्ध १५ महिना अघि हमासको आक्रमण पछि सुरु भयो। इजरायलले हमासको आक्रमण पछि आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित गर्दछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *