दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन जारी, पूर्व सैनिकले आफ्नो टाउको खौरिए

डिसी नेपाल
२१ मंसिर २०८१ १३:००
660
Shares

काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति युन सुक–योलविरुद्ध प्रदर्शन जारी छ । यहाँ एक पूर्व कोरियाली सैनिकले आफ्नो विरोध दर्ता गर्न आफ्नो टाउको खौरेका छन्।

बिहीबार बिहान पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि एक जुलुस निकाले, जसमा उनीहरूले युनलाई सत्ताबाट हटाउन माग गरे।

सोही विरोधमा एकजना पूर्व कोरियाली सैनिक र उनकी श्रीमतीले आफ्ना सँगी प्रदर्शनकारीहरूको अगाडि आफ्नो टाउको खौरिए। दक्षिण कोरियामा विरोध दर्ता गर्न टाउको खौरिने चलन निकै पुरानो हो ।

१९६० र ७० को दशकमा, जब दक्षिण कोरियामा सैन्य तानाशाही थियो, मानिसहरूले प्रशासनको विरोधमा प्रायः आफ्नो टाउको खौरिने गर्थे।

पछिल्ला केही दशकहरूमा सामाजिक कार्यकर्ता र राजनीतिज्ञहरूले यसलाई विरोधको रूपमा अपनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *