सेना मुख्यालयमा भएको आक्रमणको आरोपमा इमरान खानविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२१ मंसिर २०८१ १३:२५
268
Shares

काठमाडौं । पाकिस्तानको रावलपिन्डीको आतंकवाद विरोधी अदालत (एटीसी) ले जीएचक्यु (पाकिस्तानी सेनाको मुख्यालय) मा भएको हमलासँग सम्बन्धित मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खान र अन्य अभियुक्तहरू विरुद्ध मुद्दा दायर गरेको छ। यो घटना मे ९, २०२३ को हो।

इमरान खानमाथि आफ्ना समर्थकलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो । बीबीसी उर्दू रिपोर्टका अनुसार एटीसी न्यायाधीश अमजद अली शाहले बिहीबार अदियाला जेलमा जीएचक्यू हमलासँग सम्बन्धित मुद्दाको सुनवाई गरेका थिए।

इमरान खान बाहेक अन्य अभियुक्तहरूमा राष्ट्रिय सभामा विपक्षी नेता उमर अयुब, नेशनल एसेम्बलीमा पीटीआई (पाकिस्तान तेहरिक-ए-इन्साफ) का संसदीय नेता जरताज गुल र पूर्व आन्तरिक मन्त्री शेख रसिद समावेश छन्।

सुनुवाइको क्रममा उपस्थित अडियाला जेलका एक अधिकारीले बीबीसीलाई भने कि इमरान खानलाई उनको ब्यारेकबाट अदालतको कोठामा ल्याइएको थियो र न्यायाधीशले उनको उपस्थितिमा आरोपहरू तय गरेका थिए।

तर, अभियुक्त इमरान खानले आरोप स्वीकार गर्न अस्वीकार गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *