नवनिवार्चित वडा अध्यक्ष सपथ ग्रहण गर्दागर्दै पक्राउ
सप्तरी। सपथ ग्रहण गर्दागर्दै एकजना नवनिर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन्। हत्या आरोपमा सप्तरीका नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका हुन।
डाक्नेश्वरी नगरपालिका–१, सप्तरीका नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले सपथ ग्रहण समारोहवाट पक्राउ गरेको हो।
उनी गत मंसीर १६ गते भएको स्थानिय तहको उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment