सिरियाका विपक्षी नेताको दाबी, ‘दमास्कस सुरक्षित छ’
काठमाडौ । इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शामले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ ।
विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन्। यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन् ।
बहराले अरबी समाचार च्यानल अल-अरेबियालाई भने – असदको सरकार पतन भएको छ र “सिरियाको इतिहासको कालो युग बितिसकेको छ।”
“हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू, जबसम्म तपाईं अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,” उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।
उनले लेखेका छन्, “न बदला लिने कुनै कारबाही गरिने छ न मानवअधिकार हनन हुनेछ। जनताको मर्यादाको सम्मान र रक्षा गरिनेछ।”
Facebook Comment