छेबाङ लामाको नयाँ गीत ‘एकोहोरो मायामा मिरुना मगर

डिसी नेपाल
२३ मंसिर २०८१ १२:५५
172
Shares

काठमाडौं। गायक छेवाङ लामा स्वरमा नयाँ गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ। एक देव लिम्बुको शब्द तथा सङ्गीतमा रहेको नयाँ गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ।

केन्द्र मोसन पिक्चर्स बाट सार्वजनिक गरिएको प्रेमिल साङ्गीतिक कोसेलीलाई बिटू (गेन स्टुडियो)ले तयार गरेको हो भने म्युजिक भिडियोलाई मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार गरेका हुन् ।

आकाश पौडेलको निर्देशन रहेको म्युजिक भिडियोमा विकेश मगरको छायाङ्कन, सम्पादन तथा कलरिङ देख्न सकिन्छ। सार्वजनिक गीतमा मनिष गन्दर्भले सारङ्गीको काम गरेका छन् भने सन्तोष सिं ठाकुरले क्रिएटिम निर्देशन तथा नवीन निरौलाले लाइटिङको काम गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *