कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन
काठमाडौं। धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको हो।
आज बिहान एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा उनीहरू बेपत्ता भएका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।
प्रहरीका अनुसार सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment