रास्वपाका २० सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज पेशी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सो पेशी परेको छ।
संसद्मा रहेका रास्वपाका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए। सर्वोच्च प्रशासनले दरपीठ गरेको सो रिट न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश गरेको थियो।
यसअघि सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो। अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment