गुगलको नयाँ चिप लञ्च, अहिलेको सुपर कम्प्युटर भन्दा खरबौं गुणा धेरै क्षमता
काठमाडौं । गुगलले एउटा नयाँ चिप लन्च गरेको छ जसको क्षमता अहिलेको सुपर कम्प्युटरमा प्रयोग भइरहेको चिपबन्दा कैयौं खर्ब गुणा धेरै छ । यो चिपले त्यस्तो समस्यालाई केवल ५ मिनेटमा हल गर्न सक्छ जसलाई जसलाई समाधान गर्न अहिलेको विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई दस सेप्टिलियन वर्ष (१०,००,००,००,००,००,००,००,००,००,००० वर्ष) लाग्छ।
यो क्वान्टम कम्प्युटिङको क्षेत्रमा फरक प्रकारको चिप हो। पार्टिकल फिजिक्सका सिद्धान्तहरू प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ।
गुगलले यसको नाम विलो राखेको छ । गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ।
यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्याहरू समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर विकास हुन अझै वर्षौं बाँकी रहेको विज्ञहरू बताउँछन्।







डिसी नेपाल







Facebook Comment