नेतान्याहु माथी घुसखोरी र भ्रष्टचारको आरोप, अदालतमा दिए बयान

डिसी नेपाल
२६ मंसिर २०८१ ८:३७
124
Shares

तेलअभिभ । भ्रष्टचारको अभियोग लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अदालतमा उपस्थित भएका छन् ।

नेतन्याहुले आफ्नो लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा मंगलबार पहिलो पटक बयान दिएका छन । ७५ वर्षीय नेतान्याहु इजरायलका पहिलो वर्तमान प्रधानमन्त्री हुन्, जसलाई अपराधको अभियोग लगाइएको छ।

तर, उनले ‘आफ्नो डरलाग्दो सुरक्षा नीति लिए पछि हमला भएको’ प्रारम्भिक बयान दिएको जनाइएको छ ।

इजरायल गाजामा युद्धमा संलग्न रहेको र सिरियालगायत क्षेत्रीय उथलपुथलबाट उत्पन्न सम्भावित नयाँ खतराहरूको सामना गरिरहेको बेला उनलाइ अदालतमा उभ्याइएको हो । गत हप्ता न्यायाधीशहरूले फैसला गरेका थिए कि सन २०१९ मा लगाइएको अभियोग माथी नेतान्याहूले अब हप्तामा तीन पटक बयान दिनैपर्छ भन्ने आदेश दिएको थियो ।

लामो समयदेखि इजरायली नेतालाई अदालतबाट बाहिर रहेको भन्दै उनलाइ बयानका लागि बोलाउन थालिएको हो । इजरायलको रक्षा मन्त्रालयले अदालत र युद्ध कोठाको बीचमा झगडा गर्न बाध्य पारेको बिश्लेषण गरेको छ । इजरायली मिडियामा पत्रकारहरूले नेतान्याहुले गरेको भ्रष्टचारका बारेमा वर्षौंदेखी लेखेको भए पनि उनी माथी मुद्दा अगाडी नबढाएको भन्दै बिपक्षीहरूले आलोचना गर्दै आएका थिए ।

नेतान्याहुले तीन न्यायाधीशको अदालतलाई भने, ‘म यो क्षण सत्य बोल्नको लागि आठ वर्षदेखि पर्खिरहेको थिएँ तर म प्रधानमन्त्री पनि हुँ, सात मोर्चाको युद्धबाट देशको नेतृत्व गरिरहेको छु। र मलाई लाग्छ कि दुई समयान्नन्तरमा गर्न सकिन्छ।’

अभियोजकहरूले नेतान्याहूलाई कम्पनीका पूर्व अध्यक्षद्वारा नियन्त्रित समाचार वेबसाइटमा आफू र उनकी पत्नी साराको सकारात्मक कभरेजका लागि बदलामा बेजेक टेलिकम इजरायललाई लगभग १.८ बिलियन शेकेल अर्थात लगभग ५०० मिलियन डलर को नियामक पक्षहरूलाई घुस खुवाएको आरोप लगाउँदैँ आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *