वेस्ट इन्डिजका पूर्वक्रिकेटर लारा नेपाल आउँदै

डिसी नेपाल
२६ मंसिर २०८१ १०:०९
376
Shares

काठमाडौं । वेस्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन्। लारा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न आउने भएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत लारा नेपाल आउने जानकारी दिएका छन्। तर, उनी कहिले आउने खुलाइएको छैन।

क्रिकेटर लारा टेस्ट क्रिकेटको एकै इनिङमा ४०० रन बनाउने हालसम्मकै एक मात्र ब्याट्सम्यान हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *