किशोरको ४ विकेटमा जनकपुरलाई सामान्य लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय २४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २३ रन बनायो। ५५ रनमा पहिलो विकेट गुमाएर सुदुरपश्चिमले बाँकी ६८ रन बनाउँदा ८ विकेट गुमायो। सुदुरपश्चिमका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। यस्तै सेफ जैबले २१, इशान पाण्डेले १७ तथा ब्राण्डन म्यामुलेनले ११ रन बनाए।
जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए। शेल मल्ल र अरनिको यादवले समान दुई दुई विकेट लिए भने हर्ष ठाकेरले एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment