असद सरकारमा यातना दिने अधिकारीहरू विरुद्ध कारबाही गर्ने सिरियाली विद्रोहीहरूको घोषणा
काठमाडौं । सिरियाली विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) ले बशर अल-असदको शासनकालमा यातना दिने अधिकारीहरूलाई सजाय दिइने घोषणा गरेको छ। एचटीएसले यस्ता अधिकारीहरूको जानकारी दिनेलाई पुरस्कार दिने बताएको छ।
एचटीएस नेता अबु मोहम्मद अल जुलानीले उनीहरूले अत्याचार गर्ने अधिकारीहरूको नाम सार्वजनिक गर्ने र अन्य देशहरूमा भागेकाहरूलाई फिर्ता ल्याउने प्रयास गर्ने बताए।
यसैबीच, विद्रोही लडाकुले अस्पतालको शवगृहमा ४० जनाको शव फेला पारेका छन् । उनीहरुको शरीरमा यातनाका निशानहरु देखिन्छन् ।
यसैबीच सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायलले सिरियामा हवाई आक्रमण गरेको जनाएको छ ।
आइतवार, एचटीएसको नेतृत्वमा विपक्षी समूहहरूले दमास्कस कब्जा गरे। यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।
यी सबैको बीचमा बसर अल-असद देशबाट भागे र रुसले उनलाई शरण दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment