साइबर अपराधको विशाल सञ्जालको अन्त्य, ठगिएका थिए १ लाख मानिस

डिसी नेपाल
२६ मंसिर २०८१ १३:४२
196
Shares

काठमाडौं । साइबर अपराध विरुद्ध ठूलो कारबाही गर्दै रूसको फेडरल सेक्युरिटी सर्भिसले ५० भन्दा बढी देशहरूमा १ लाख भन्दा बढी मानिसहरूलाई ठगी गर्ने कल सेन्टरहरूको ठूलो अन्तर्राष्ट्रिय नेटवर्कलाई नष्ट गरेको छ।

एफएसबीका अनुसार जर्जियाका पूर्व रक्षामन्त्री डी. काजाराश्भिलीसँग जोडिएका कल सेन्टरहरू लगानी योजनाको आडमा चलाइएको थियो। यस प्रकारको धोखाधडीबाट प्रत्येक दिन १ मिलियन डलरको अनुमानित आय हुन्थ्यो।

एफएसबीले इजरायली-युक्रेनी नागरिक केसेलम्यान वाईडीलाई पक्राउ गरेको छ। उनीसहित कैयौं प्रतिष्ठित कार्यकर्ता पक्राउ परेका छन् । जबकि इजरायली-जर्जियाली नागरिक टोडभा डी. फरार छन्। उनीहरु दुवैले उक्त अपरेशन गरेको र रुसमा आतंकवादी हमलाको झूटो धम्की फैलाउने काममा संलग्न रहेको दाबी गरिएको छ ।

कुख्यात ‘गोल्डेन ट्राएंगल’ (थाइल्याण्ड, म्यानमार र लाओसको सिमाना मिलाएर बनेको क्षेत्र) कुनै समय लागुऔषध ओसारपसारका लागि परिचित थियो । यसलाई अहिले साइबर अपराध सिन्डिकेटले आफ्नो अड्डा बनाएको छ । यहाँबाट हजारौं मानिसहरूलाई नक्कली जागिरको अफर दिइन्छ र म्यानमार, कम्बोडिया र लाओसमा चिनियाँ सिन्डिकेटहरूद्वारा सञ्चालित खतरनाक साइबर अपराधमा फसाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *