कार्टुन्ज क्रुजको जम्बिज वेब सिरिज “The Last Trip” को टिजर क्रिसमसमा आउने
काठमाडौं। चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज “The last Trip” ( अन्तिम यात्रा ) को टिजर यहि क्रिसमसको दिन स्ट्रिमिङ हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो।
सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ। यो सिरिजको निर्माण, कथा, पटकथा र निर्देशन सरोज अधिकारी आफैले गरेका छन्। कार्यकारी निर्मातामा विजय अधिकारी छन्।
सिरिजमा सरोज अधिकारी, सिजल गौतम, बिजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योती खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुश्मा भट्ट ,सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी बिश्वकर्मा, शिबराज गिरी, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीताशर्मा बस्याल लगायत कलाकार छन्।
सिरिजमा संकल भुजेलको छायांकन र सुरोज अधिकारी को सम्पादन, दिक्षित पौडेल को म्युजिक प्रोडक्सन, राजेन्द्र मोक्तान को कलर ग्रेडिङ , सुभाष तिमिल्सिना को मेकअप रहेको छ साथै सिरिजको डबिङको जिम्मेवारी सम्राट न्यौपानेले लिएका छन्।
सिरिजको पोस्टर डिजाईनना शान थापा रहेका छन्। एड्भेन्चर, कमेडी, हरर,रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment