सिरियाली विद्रोहीले कच्चा तेलको भण्डार भएको पूर्वी सहर कब्जा गरे
काठमाडौं । सिरियाली विद्रोहीहरूले देशको कच्चा तेलको भण्डार भएको पूर्वी सहर दियार अल-जोरलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।
बसर अल-असदलाई सत्ताबाट हटाएपछि विद्रोही सेनाले अहिले देशको स्रोतसाधन कब्जा गर्न खोजिरहेका छन्।
विद्रोही सेनाको मुख्य इस्लामवादी समूह हयात तहरीर अल-शाम (एचटीएस) का वरिष्ठ कमाण्डर हसन अब्दुल-घानीले लडाकुहरूले सहर र यसको सैन्य विमानस्थललाई मुक्त गरेको बताए।
विद्रोहीहरूले एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो सेनाले पूरै दियार अल-जोर सहर कब्जा गरेको छ।”
विश्वभर चलिरहेको युद्धको निगरानी गर्ने बेलायतमा रहेको संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले यसअघि सहर कुर्दिश सेनाको कब्जामा रहेको तर अहिले ती सेनाहरू पछि हटेको बताएको छ।
यस हप्ता, कुर्दिश सेनाले पूर्व राष्ट्रपति बसर अल-असदको सेना पछि हटेर शहरको नियन्त्रण लिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment