भारत र बंगलादेशबीच चलिरहेको मतभेदबारे अमेरिकाको टिप्पणी
काठमाडौं । अमेरिकाले भारत र बंगलादेशले आपसी मतभेद शान्तिपूर्ण रूपमा समाधान गरुन् भन्ने चाहेको बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आफ्नो दैनिक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको बंगलादेश भ्रमणको सवालमा मिलरले भने, ‘हामी सबै पक्षले आफ्ना मतभेदलाई शान्तिपूर्ण रूपमा समाधान गरेको हेर्न चाहन्छौँ ।’
सोमबार भारतका विदेश सचिव विक्रम मिश्रीले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस, विदेश मामिला सल्लाहकार तौहीद हुसेन र विदेश सचिव मोहम्मद जशिम उद्दिनसँग भेट गरेका थिए ।
यस भेटपछि दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरे पनि दुवैको भनाइमा धेरै भिन्नता थियो ।
बंगलादेशका विदेश सचिवले अप्रत्यक्ष रूपमा भारतलाई आफ्नो आन्तरिक मामिलामा टिप्पणी नगर्न सल्लाह दिए।
भारतले बंगलादेशको अन्तरिम सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको र अल्पसंख्यकको सुरक्षा र हालैका आक्रमणका सम्बन्धमा भारतको चासो पनि व्यक्त गरेको विक्रम मिश्रीले पत्रकारहरूलाई बताए।
गत अगस्ट ५ मा बंगलादेशमा शेख हसिना सरकारको पतनपछि पनि दुई देशबीचको सम्बन्धमा तनाव कायमै छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment