एनपिएलः काठमाडौंले लुम्बिनीलाई हरायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ। काठमाडौंले लुम्बिनी लायन्स १८ रनले पराजित गर्यो।
काठमाडौंले दिएको एक सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनायो। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। यस्तै उन्मक्त चन्दले १४ रन तथा सुर्य तामाङले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौंका कप्तान करन केसीले ४ विकेट लिए। यस्तै दिपेश कँडेलले ३ विकेट तथा जेरहार्ड इरास्मसले दुई विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए। त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए। प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेश गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए। त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment