क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

डिसी नेपाल
२८ मंसिर २०८१ ८:०४
292
Shares

काठमाडौं । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउने भएका छन्। का अनुसार लारा आज बिहान नेपाल आइपुग्ने छन्।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अवलोकनका लागि लारा आज बिहान नेपाल पुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

लाराको नाममा थुप्रै विश्व रेकर्ड छन्। लाराले सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका थिए। उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *