३० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

डिसी नेपाल
२८ मंसिर २०८१ १०:३१
1.0k
Shares

काठमाडौं । झापामा करिब ३० हजार अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया रहेका छन्।

उनको साथबाट २९ हजार ७ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोले झापा कमल गाँउपालिका-३, मा रहेको पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मियाकोसँग स्रोत नखुलेको अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ। डलर आजको नेपाली दररेट अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *