बर्दियामा कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

डिसी नेपाल
२८ मंसिर २०८१ १२:३८
68
Shares

बर्दिया । बर्दियामा कुलोमा डुबेर दुई वर्षीया बालिकाको ज्यान गएको छ। बिहीबार साँझ बारबर्दिया नगरपालिका–७ सिउनिया घर भई सोही नगरपालिका–४ घोरपिट्टा बस्दै आएकी सबिना थारूकी छोरी दुई वर्षीया समयता थारूको रानीपुर कुलोमा डुबेर ज्यान गएको हो।

डुबेर घाइते भएकी उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो। तर, उनको उपचारकै क्रममा ज्यान गएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *