लेखा समिति सभापति पोखरेल पत्नीसहित २६ विरुद्ध सहकारी ठगी मुद्दा
काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रलेकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ।
मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी प्रकरणमा कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।
सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध मुद्दा दर्ता गरिएको हो।
सहकारीका सञ्चालक समिति सदस्य आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ। कोइराला उक्त सहकारीमा सञ्चालक सदस्य थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment