पुष्पा २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

डिसी नेपाल
२८ मंसिर २०८१ १७:४४
1.5k
Shares

हैदाराबाद।  पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ।हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेक थियो। हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो।

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो।भने उनका छोरा घाइते भएका छन्। अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो। यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा व्यवस्था कडा गरिएको थियो। धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *