उखु किसानका समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
‘दूध किसानको वर्षैंदेखिको भुक्तानीको समस्या छ। उखु किसानको समस्या छ। उखु किसानका समस्या सम्बोधनमा सरकार जिम्मेवार हुनपर्यो भनेर दसैंअघि सरकारले ६० करोड छुट्यायो। त्यो पर्याप्त थिएन। उखु किसान अहिले पनि समस्यामा छन्। सरकार जिम्मेवार देखिएको छैन,’ उनले भने।
नीति अपडेट हुन नसक्दा समस्या रहेको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment