पूर्वराजा ज्ञानेन्द्र पुगे शाह दाङ

डिसी नेपाल
२९ मंसिर २०८१ १५:२४
148
Shares

दाङ । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार दाङमा पुगेका छन्। श्रीमती कोमल र छोरी प्रेरणासहित उनी तुलसीपुर पुगेका हुन्।

भ्रमणका क्रममा उनले तुलसीपुरको वीरेन्द्र चोकस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्।

त्यस लगत्तै उनी होटेल वेष्टर्न प्यालेस पुगेका थिए। त्यहाँ उनले होटेल प्राङगणमा उपस्थित सर्वसाधारणसँग भेटघाट गरेका थिए।

आजै उनले घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर पुजा गरेका थिए।

धारापानी मन्दिरमा पूजा आराधानपछि उनी घोराही हुँदै लमही जाने कार्यक्रम छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *