बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२९ मंसिर २०८१ १७:००
184
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अछाम साँफेवगर नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने २० वर्षीय आकाश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौं बबरमहलको गत साउन २३ गतेको फैसलाले ४ लाख जरिवाना र १६ हजार रूपैयाँ क्षतिपूर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं मैतीदेवीबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पाटन पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *