महोत्तरीमा बस दुर्घटना, २२ जना घाइते
जनकपुरधाम । महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना४ख १०६९ नम्बरको बस आइतबार दिउँसो अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका–६ रातोपुलमा पल्टेर दुर्घटना भएको प्रहरीको भनाइ छ।
बस पुलको रेलिङ तोड्दै पल्टिएको घाइते २२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतको अवस्था गम्भीर छ। उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment