इलाममा करेन्ट लागेर एक युवकको मृत्यु

डिसी नेपाल
३० मंसिर २०८१ २२:०५
60
Shares

इलाम । इलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। इलाम नगरपालिका-४ बस्ने ३० वर्षीय गोपाल राईको करेन्ट लागेर मृत्यु भएको हो।

सन्दकपुर गाउँपालिका-४ माबु सायाङ्बास्थित विद्युतको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *