कञ्चनपुरमा ट्याक्टर पल्टियो, चालकको मृत्यु

डिसी नेपाल
३० मंसिर २०८१ २२:१६
88
Shares

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ। लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोहि ठाउँका विमल रानाको मृत्यु भएको हो।

राना उक्त ट्याक्टरका चालक हुन्। ट्याक्टर पल्टिँदा रानाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार एक जना सकुशल छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *