बसन्तपुरमा मनाइयाे सातौं राष्ट्रिय झण्डा दिवस (तस्बिर)
काठमाडाैं। विभिन्न कार्यक्रम गरी सोमबार सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा बिभिन्न कार्यक्रम गरि राष्ट्रिय झण्डा दिवस मनाएको हो।
प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।
सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए। प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment