एनपिएलः एलिमिनेटरमा चितवनलाई कर्णालीले दियो एक सय ७६ रनको लक्ष्य

डिसी नेपाल
३ पुष २०८१ १०:४४
256
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको हो।

कर्णालीका लागि ब्याटिङतर्फ जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले। कोल्सावालाले ३९ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५३ रनमा आउट भए भने समान ३९ बल खेलेका बोसिस्टोले तीन चौका र दुई छक्का प्रहार गरी ५२ रन बनाए। यस्तै चाडविक वाल्टनले २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ तथा जिसन मक्सुदले १४ रन बनाए।

यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिए। यस्तै शरद भेषावकर, कप्तान कुशल मल्ल, र रबि बोपाराले समान एक एक विकेट लिए।

यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *