एनपिएलः जनकपुरले सुदूरपश्चिमलाई दियो एक सय ४० रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनायो। जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए।
आजको खलेमा विजेता हुने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment