अस्मिता र शिवसागर स्वरवद्ध च्वाँके बालेर बजारमा

डिसी नेपाल
३ पुष २०८१ १५:३०
64
Shares

काठमाडौं । पछिल्लो समयमा नेपाली संगीत क्षेत्र निकै फराकिलो बन्दै गएको छ। यही फराकिलो सांगीतिक बजारमा प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत च्वाँके बालेर सार्वजनिक भएको छ।

अस्मिता अधिकारी र शिवसागर खड्काको आवाजमा रहेको गीत समीप इन्टरटेन्मेन्ट युट्युबद्वारा सार्वजनिक गरिएको हो। गीतमा शब्द/संगीत बाबुल गिरीको छ।

सिक्लेश गाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा विवेक कार्की र अम्बिका तामाङको अभिनय छ।

गीतको भिडियोग्राफीमा विशाल थापा, सम्पादनमा नकुल खड्का, ड्रोनमा राकेश गुरुङ, प्रोडक्सनमा विक्रम तामाङ, मेकअपमा सिर्स्टी थापा, सहायक निर्देशकमा सुनिल बुडाथोकी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *