केकीले भाइलाई फिल्ममा डेब्यू गराउने
काठमाडौं । अभिनेत्री केकी अधिकारीले भाइ विम्ब अधिकारीलाई फिल्ममा डेब्यू गराउने घोषणा गरेकी छन्।
बुधबार जन्मदिनको अवसरमा सन् २०२५ मा होम प्रोडक्सन ब्यानरमा नयाँ फिल्म निर्माण गरिने र उक्त फिल्ममा भाइ विम्बलाई डेब्यू गराउने उनले घोषणा गरेकी हुन्। यतिबेला भाइ अभिनय क्लास लिइरहेको उनले जनाएकी छन्।
विम्ब सात वर्षदेखि नाटकमा अभिनय गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment