मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, ७७ जनाको उद्धार

डिसी नेपाल
३ पुष २०८१ २३:०२
88
Shares

मुम्बई। मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ। करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना भएको हो।

दुई जनाको शव फेला परेको छ भने खोजी कार्य भारतीय कोस्ट गार्ड (आईसीजी) जहाजले गरिरहेको छ। ‘मुम्बईको तटमा डुङ्गा दुर्घटनामा ७७ जनाको उद्धार गरिएको छ भने दुई जनाको शव निकालिएको छ,’ कोस्ट गार्डले जानकारी दिएको छ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी)का अनुसार जहाजमा चालक दलका सदस्यसहित कुल ८५ यात्रु थिए। ‘पाँच जना बेपत्ता छन्। उद्धार गरी अस्पतालमा भर्ना गरिएका पाँच जनाको अवस्था गम्भीर छ । बाँकीको अवस्था स्थिर छ,’ बीएमसी अधिकारीहरूले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *