ऊर्जा संरचनामा आक्रमण नगर्न रुस-युक्रेन सहमत भएको ट्रम्पको दाबी

डिसी नेपाल
३० भदौ २०८३ ६:३०

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकअर्काका ऊर्जा संरचना तथा सुविधाहरूमा आक्रमण नगर्न सहमत भएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’  मा एक पोस्ट लेख्दै राष्ट्रपति ट्रम्पले युक्रेन र रुस दुवै पक्ष एकापसमा ऊर्जा लक्ष्यहरूमा प्रहार नगर्न तयार भएको बताएका हुन्। उनले विश्वबजारमा डिजेलको मूल्यमा भएको वृद्धि मध्यपूर्वी देश इरानका कारण नभई मुख्यतया रुस-युक्रेन युद्धका कारण भएको दाबी समेत गरेका छन्।

यसअघि ट्रम्पले रुसका तेल रिफाइनरीहरूमा निरन्तर ड्रोन प्रहार गरेर इन्धनको अभाव सिर्जना गरेको भन्दै युक्रेनको आलोचना गरेका थिए।

अमेरिकामा मध्यकालीन (मिडटर्म) निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य वृद्धि र मुद्रास्फीति चुलिएपछि यो विषय अमेरिकी राजनीतिमा निकै पेचिलो बनेको छ।

यद्यपि, राष्ट्रपति ट्रम्पको यो दाबीबारे युक्रेनी पक्षले भने रुसले सम्झौता पालना गर्नेमा आशंका व्यक्त गर्दै आफ्ना साझेदारहरूले ग्यारेन्टी गरेमा मात्र आक्रमण रोक्न तयार रहेको प्रतिक्रिया दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *